सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

 यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदी आजपनि सोही मूल्य कायम भएको हो ।