सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध ओसारपसारमा कसुर ठहरी कैद सजाय भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् । 

उनलाई प्रहरीले गएराति भारत भाग्न लागेको समयमा भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमान्ड र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा रहेको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा इलाकाबाट खातुनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।

आन्दोलनका क्रममा फरार भएका अर्का एक युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधबार राति भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।