सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुँदा १३ जना घाइते

सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुँदा १३ जना घाइते


काठमाडौं । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । 

पिकअपमा १९ जना यात्रु सवार थिए । घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ ।