सप्तरीबाट करिब चार सय किलो गाँजा बरामद

सप्तरीबाट करिब चार सय किलो गाँजा बरामद

सप्तरीमा झन्डै चार सय किलो गाँजा बरामद भएको छ।

डाक्नेश्वरी नगरपालिका-५ महादेवा पौखैर नहरको झाडीबाट शुक्रबार ३ सय ९७ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त गाँजा बरामद भएको हो। 

महादेवा पोखैर नहरमा गाँजा रहेको विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डको टोली र प्रहरीको टोलीले १७ वटा पोकामा भएको गाँजा फेला पारेको हो।

त्यस्तै बाराको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडकखण्डबाट पनि प्रहरीले करिब ३२ किलो गाँजा बरामद गरेको छ।