सप्तरीमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु
सप्तरीमा प्रहरीले गोली चलाएको छ।
सप्तरीको नेपाल-भारत सीमावर्ती क्षेत्र राजगढ गाउँपालिका-२ कमलपुरमा प्रहरीले गएराति करिब साढे १० बजे गोली चलाएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो।
प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा राजगढ-२ कै ३५ वर्षीय लालु यादव छन्।
डिएसपी बस्नेतका अनुसार प्रहरीले चलाएको गोली उनको तिघ्रामा लागेको थियो।
उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो।
डिएसपी बस्नेतका अनुसार त्यो ठाउँमा ठूलो मात्रामा मदिरा अवैध रूपमा लुकाइछिपाइ राखिएको छ भन्ने सूचना प्रहरीले पाएको थियो।
थर्ड पोल 