सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला

सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला

 नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा उनीहरु भेला भएका हुन् । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौं’, केन्द्रीय सदस्य गुरू बरालले भने ।

नेता बरालले भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।

कांग्रस केन्द्रीय सदस्य नैनसिंह १५औं महाधिवेशनमा कुन तरिकाले जाने, निकास के होला भनेर छलफल गर्न लागिएको बताए ।