सरकारको बजेट निर्माण प्रक्रिया नै गलत छ : सचिव शर्मा

सरकारको बजेट निर्माण प्रक्रिया नै गलत छ : सचिव शर्मा


काठमाडौं, २ साउन । सरकारको बजेट निर्माण प्रक्रिया नै गलत भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको भनाई छ । विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती विषयक कार्यक्रममा बोल्दे उनले बजेट निमार्ण गर्दा सुरुमा नै घाटाको बजेट बनाउने गरिएको उल्लेख गरेका छन् ।

उनले पैसा भएर बनाएको बजेट होईन्, आन्तरिक ऋण, विदेशीको सहयोग, राजस्वबाट पैसा उठ्ने अनुमानमा बनाएको बजेट हुदाँ कतैबाट पैसा नआउँने वित्तिकै समस्या हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो बजेट पहिला नै घाटाको बजेट बनौछौं, यति आन्तरिक ऋण उठाउँने, यति विदेशीको सहयोग होला, यति चाँहि राजस्व आउँछ, पैसा भएर बनाएको बजेट होईन्, राजस्वमा सानो समस्या भएर राजस्व आएन भने त्यसले पैसा आउँदैन्, अथवा भोलि अनुदानमा शर्त पूरा नभएको कारण पैसा राकियो भने त्यो पैसा आउँदैन् अनि रकमहरु मिल्दैन् ।’

उनले कुनै पनि वर्ष सोचेजस्तो विकास गर्न नसकेको भन्दै यसको मुख्य कारण भनेको आयोजनाको पूर्व तयारी भन्दा टेन्डर गरिसके जसरी पनि भईहाल्छ भन्ने मान्यता राख्नु भएको बताएका छन् ।