सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी

सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी

 सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् ।

उजुरीबारे समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिएकी हुन् । को बारे, के उजुरी भन्ने खुलाइएको छैन ।

उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ ।