स्ववियु निर्वाचनबाट: अध्यक्ष पेशलराज कार्की चुनावलगत्तै राजनीतिक बिबादमा पर्न थाले
1. स्ववियु निर्वाचनबाट: अध्यक्ष पेशलराज कार्की चुनावलगत्तै राजनीतिक बिबादमा पर्न थाले
धरान। धरान हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसको स्ववियु निर्वाचनबाट अध्यक्षमा निर्वाचित स्वतन्त्र उम्मेदवार पेशलराज कार्की चुनावलगत्तै राजनीतिक तानातानमा पर्न थालेका छन्।
नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलका उम्मेदवार उनिरूद्ध श्रेष्ठलाई पराजित गर्दै स्ववियु अध्यक्ष निर्वाचित कार्कीले आफू चुनाव अघि र पछि सधैं स्वतन्त्र नै रहने बताएका छन्। तर, चुनावी दौरानमा उनलाई सहयोग गरेको माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने उनी अब आफ्नो संगठनमा प्रवेश गर्ने बताइरहेको छ।
रणपहेली धरानका उपमेयर अइन्द्र बेघाका स्वकीय सचिवसमेत हुन्। ४१३ मत प्राप्त गरेर कार्की अध्यक्षमा निर्वाचित भएपछि अखिल क्रान्तिकारीका विद्यार्थीहरूले उनीसँगको सहमतिपत्र सार्वजनिक गरेका छन्। उनका प्रतिस्पर्धी श्रेष्ठले भने ३६४ मत प्राप्त गरेका छन्।चुनावको अन्तिम घडीसम्म स्वतन्त्र उम्मेदवारको रूपमा विद्यार्थीहरूसँग मत मागेका कार्कीले चुनावलगत्तै अखिल क्रान्तिकारीमा प्रवेश गर्ने लिखित सहमति गरेकोबारे हामीले उनलाई सोधेका छौं।
'तपाईं क्रान्तिकारी प्रवेश गर्ने सर्तमा लिखित सहमति गरेर चुनावमा होमिनुभएको रहेछ होइन?,'भन्ने प्रश्नमा कार्कीले आफूले कसैसित कुनै सहमति नगरेको दाबी गरे। 'मैले कसैसँग कुनै सहमति गरेको छैन, म हिजो पनि स्वतन्त्र थिएँ। आज पनि स्वतन्त्र नै छु भनेका छन् अझ 'मलाई क्रान्तिकारीले नैतिक समर्थन गरेको थियो। समाजवादी र राप्रविसंघको पनि समर्थन मलाई थियो।’
उनले यसो भने पनि क्रान्तिकारीले कार्कीसँग फागुन २७ मा भएको लिखित सहमति सार्वजनिक गरेको छ।
थर्ड पोल 