संसद् बैठक चलिरहँदा बीचमै उठेर संसद्बाट बाहिरियो रास्वपा
काठमाडौं । संसद् बैठक चलिरहँदा बीचमै उठेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू बाहिरिएका छन् ।प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गरेका विरोधमा रहेका उनीहरू बाहिरिएका हुन् ।
रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार, प्रतिपक्षी तर्फका सांसदहरूको छलफल सुनेपछि बाहिरिएका हुन् । प्रतिनिधि सभामा रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर अवरोध गर्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि उनीहरूको छ ।यी माग पूरा गर्न सरकार तयार नभएको भनेर रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।
थर्ड पोल 