हुम्लामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

हुम्लामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा चङ्खेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक त्यही वडाका ३१ वर्षीय अर्जुन कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । बिग्रेको स्काभेटर चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।