१२ जना मारिएपछि थाइल्याण्डले तीव्र बनायो कम्बोडियामाथिको आक्रमण

१२ जना मारिएपछि थाइल्याण्डले तीव्र बनायो कम्बोडियामाथिको आक्रमण

कम्बोडियाको हमलाबाट थाइल्याण्डमा १२ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान सीमावर्ती क्षेत्रबाट सुरू भएको दुई देशबीचको तनाव अपराह्नसम्म तीव्र भएर एक अर्कामाथि हवाई हमला गरेका थिए।

कम्बोडियाले थाइल्याण्डमा गरेको हमलाबाट १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

मृत्यु हुनेमा एक जना सैन्य अधिकारी पनि छन्। बाँकी मृतकहरू बालबालिका, किशोर किशोरी लगायतका नागरिक रहेका छन्।

बिबिसीका अनुसार थाइल्याण्डको सुरिन प्रान्तमा २ जना नागरिक, उबोन रेचथानी प्रान्तमा एकजना र श्रीसाकेत प्रान्तमा ८ जनाको मृत्यु भएका छ। थप ३५ जना घाइते भएका छन्।

कम्बोडियाले रकेट प्रहार गरेपछि थाइल्याण्डले एफ-१६ लडाकू विमान प्रयोग गरी कम्बोडियाली सैन्य अड्डामा हमला गरेको थियो।

दिउँसोसमम उसले आक्रमण तीव्र बनाएको छ। यद्यपि कम्बोडियाले कति हताहती र भौतिक क्षति भयो भन्ने सार्वजनिक गरेको छैन। कम्बोडियाको हवाई हमलाबाट थाइल्याण्डको पेट्रोल पम्पमा क्षति पुगेको तस्बिर र समाचार सार्वजनिक भएका छन्।

सैन्य शक्तिको हिसाबले कम्बोडियाभन्दा थाइल्याण्ड तीन गुणा बढी शक्तिशाली रहेको भनेर पश्चिमा मिडियाहरूले लेखेका छन्।