१९ प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। यसअघि २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही समुहका ४६ जनाको बढुवा गरिएको थियो।
बुधबार बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जनालाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) नियमावली २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरिक्षक टेक प्रसाद राईले जानकारी दिएका छन् ।



थर्ड पोल 