९० वर्षीय वयोवृद्धले लिए श्रीमतीको ज्यान, बयान सुन्दा प्रहरी नै झस्कियो

 ९० वर्षीय वयोवृद्धले लिए श्रीमतीको ज्यान, बयान सुन्दा प्रहरी नै झस्कियो

काठमाडौं । नवलपुरको देवचुली नगरपालिका–३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीलाई रडले हानेर हत्या गरेका छन् । हत्यापछि प्रहरीलाई दिएको बयान सुन्दा प्रहरी नै चकित बनेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् । जमुना दिलबहादुरकी कान्छी पत्नी हुन् ।

दिलबहादुरले श्रीमती विभिन्न रोगले थला परेको र आफ्नो मृत्युपछि दुःख नपाओस् भनेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए । ‘घरमा बुढाबुढी मात्रै रहेछन् । आँखा पनि राम्रोसँग नदेख्ने दिलबहादुरले केही समयदेखि पत्नी बिरामी भएको र आफू मरेपछि बुढीले दुःख नपाउन् भनेर हत्या गरेको बताएका छन् । 

छोरा चित्रबहादुर थापाले घटनाबारेमा प्रहरीलाई जानकारी गराएका थिए । अभियुक्त वृद्ध तथा अशक्त भएकाले कारबाहीबारे केहीको चासो छ । वरिष्ठ अधिवक्ता शालिकराम बनजाडेले ज्यान मारेको कसुरमा कसैलाई कारबाही नहुने भन्ने नभएको, तर वृद्धवृद्धाको हकमा ६० प्रतिशत छुट हुनसक्छ ।