इरानमा बम खसाल्ने बी–२ विमानले आकाशमै भरेका थिए करिब ६ पटक तेल, कसरी सम्भव हुन्छ?

इरानमा बम खसाल्ने बी–२ विमानले आकाशमै भरेका थिए करिब ६ पटक तेल, कसरी सम्भव हुन्छ?

अमेरिकाले १२५ वटाभन्दा बढी विमान प्रयोग गरेर आइतबार इरानका आणविक भट्टीहरूमा आक्रमण गर्‍यो।

फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टीसहित, नतान्ज र इस्फहानमा रहेका भट्टीहरूमा प्रहार गर्न बी–२ बमवर्षक, लडाकु र आकाशमै तेल भर्न सक्ने विमान प्रयोग थिए।

फर्दोको भट्टी ध्वस्त पार्न बी–२ बमवर्षक विमानबाट झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गरिएको थियो।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो आक्रमण हुन लागेकोबारे इरानले थाहा नपाओस् भनेर शनिबारै अमेरिकाको मिजोरीबाट एक हुल बी–२ बमवर्षक विमान पश्चिमतर्फ लागेका थिए। ती विमान ट्र्याक गर्न नमिल्ने खालका थिए। तर इरानलाई झुक्क्याउन ती विमान सार्वजनिक रूपमै ट्र्याक गर्न सकिने गरी प्रशान्त महासागरतर्फ उडे।

मिजोरीबाट एक हुल विमान पश्चिमतर्फ उडेकै समयमा, अरू सात वटा बी–२ बमवर्षक विमान दुई–दुई वटा जिबियू–५७ बंकरभेदी बम बोकेर इरानमा आक्रमण गर्न पूर्वतर्फ लागे।

ती जहाज ट्र्याक गर्न नमिल्ने गरी नै झन्डै १८ घन्टा उडेर इरान पुगे। अनि ६ वटा बी–२ विमानले फर्दोमा १२ वटा जिबियू–५७ बम प्रहार गरे। अर्को एउटाले नतान्जमा दुइटा बम खसाल्यो।

यो मिसनलाई 'अपरेसन मिडनाइट ह्यामर' नाम दिइएको थियो। सो मिसन पूरा गरेर बी–२ बमवर्षक विमान फर्किएर मिजोरी नै गए। एउटाको दुई अर्ब डलरभन्दा बढी पर्ने यी बी–२ बमवर्षक विमान अमेरिकाले मिजोरीकै हवाई अड्डामा राख्छ