घट्यो प्याजको भाउ, कति पर्छ किलोको?
बजारमा सुकेको प्याजको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो दुई रूपैयाँले सस्तो हो।
एक साताअघि कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ३८ देखि ४० रूपैयाँमा कारोबार भइरहेको थियो।
१५ दिनअघि बजारमा सुकेको प्याजको भाउ प्रतिकिलो थोक मूल्य ४१ देखि ४३ रूपैयाँ थियो।
त्यस्तै, एक महिनाअघि भने बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ५३ देखि ५८ रूपैयाँमा बिक्री भइरहेको थियो।
पछिल्लो समय बजारमा प्याजको भाउ घटिरहेको छ। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ।
थर्ड पोल 