राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने

राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने

काठमाडौं । प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरु सिंहदरबार केन्द्रित भएका छन् । केही नेता तथा कार्यकर्ताहरुले सडकमै प्रदर्शन गरेपनि राप्रपा सबद्ध सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ । 

‘सबै मान्यज्यूहरु सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ । उहाँहरुले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने ।