विमान दुर्घटनाले खोस्यो वृद्ध आमाकी एक्ली सहारा लैमनुनथेम सिंगसन, यस्तो थियो एटीसीलाई पाइलटको अन्तिम सन्देश

विमान दुर्घटनाले खोस्यो वृद्ध आमाकी एक्ली सहारा लैमनुनथेम सिंगसन, यस्तो थियो एटीसीलाई पाइलटको अन्तिम सन्देश

काठमाडौं । जुन १२ मा अहमदाबादबाट उडान भरेपछि दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानका चालक दलका सदस्यहरूमा नगनथोई बाहेक, कुकी जनजातिका लामनुन्थेम सिंगसन पनि थिए। कुकी नागरिक समाज संगठनका एक सदस्यले भने कि सिंगसन मूल रूपमा इम्फालकी थिइन् तर हिंसा भड्किएपछि उनी आफ्नो परिवारसँग काङपोक्पी जिल्लामा भाडाको घरमा सरेकी थिइन्।

कुकी जनजातिकी लामनुन्थेम सिङ्सन पनि  क्याबिन क्रूका रुपमा विमानमा थिइन्। २५ वर्षीया लामनुन्थेम गत वर्ष एयर इन्डियामा क्याबिन क्रूको रूपमा सामेल भइन्। उनको बुबाको मृत्यु भइसकेको छ र उनको घरमा वृद्ध आमा छिन्।

मणिपुरका पूर्व मुख्यमन्त्री एन.वीरेन सिंहले ट्विटरमा लेखेका छन्, अहमदाबादमा भएको एयर इन्डियाको उडान दुर्घटनामा ज्यान गुमाउनेहरूमा मणिपुरका दुई युवा क्याबिन क्रू सदस्यहरू, कोगराबैलाटपम नगंतोई शर्मा र लामनुथेम सिंगसन पनि रहेको जानकारी गराउन पाउँदा धेरै दुःख लागेको छ।’

विमान दुर्घटनामा विमानका पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई पठाएको अन्तिम सन्देशको खुलासा भएको छ।  ४–५ सेकेन्डको सन्देशमा, सुमितले भनेका थिए, ‘मेडे, मेडे, मेडे..मैले थ्रस्ट अथार्त ।।  ( अगाडी चकेल्ने शक्ती) पाइरहेको छैन। पावर घट्दैछ, विमान उठिरहेको छैन। हामी बाँच्दैनौँ होला ।’

भारतको नागरिक उड्डयन मन्त्रीले अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनास्थलमा शुक्रबार ब्ल्याक बक्स फेला परेको बताएका छन्। भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले २८ घण्टाभित्र उडान डेटा रेकर्डर बरामद गरेको राम मोहन नायडू किन्जारापुले पुष्टि गरे। ‘ब्ल्याक बक्सको पुनः प्राप्ति अनुसन्धानमा एक महत्त्वपूर्ण कदम हो र यसले विपत्तिको अनुसन्धानलाई उल्लेखनीय रूपमा मद्दत गर्नेछ,’ किन्जारापुले भने।