विश्वविद्यालय केन्द्रीय क्याम्पसको निवेदनपछि: निर्वाचन रोक्न अन्तरिम आदेश माग,

1. विश्वविद्यालय केन्द्रीय क्याम्पसको निवेदनपछि: निर्वाचन रोक्न अन्तरिम आदेश माग,

काठमाडौँ, काठमाण्डौ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न अन्तरिम आदेश माग गरिएको मुद्दाको पेसी स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाइ निर्वाचन रोक्न अन्तरिम आदेश माग गरी विष्णुबहादुर बडैलाले दायर गरेको रिटमा बुधवार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिँदै आज दुवै पक्षलाई पेसी तोक्न भनेको थियो।  तर त्रिविले समय अभाव भएको भन्दै पेसी स्थगित गर्न निवेदन दिएपछि अर्को पेसी चैत १० गते तोकिएको छ ।

यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतले अन्तरिम आदेश दिँदै त्रिवि स्ववियु निर्वाचन समितिले गत चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनेको थियो ।