सुनको मूल्यले बनायो नयाँ रेकर्डः कति पुग्यो तोलाको ?
काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
थर्ड पोल 