सान्भी इनर्जीले जेठ ९ देखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरिसकेको कम्पनीले सर्वसाधारणका लागि भने ९ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।
सर्वसाधारणका लागि २४ लाख १५ हजार ३ सय कित्ता शेयर निष्काशन हुनेछ । नेपाल धितोपत्र बोर्डले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियाे । जसमध्ये कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई बिक्री गरेर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले ४३.०७ प्रतिशत शेयर सर्वसाधरणमा बिक्री गर्न लागेको हो । उक्त आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ ।
थर्ड पोल 