९० मेगावाटकोमस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता
काठमाडौं ।९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए. पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
आयोजनामा कुमारी बैंकको अगुवाईमा कुमारी बैंकसहित प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकले लगानी गर्ने भएका हुन् । एम. ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा उल्लेखित बैंक तथा वित्तीय संस्थासँग कुल १५ अर्ब १८ करोड ७५ लाख संयुक्त लगानी गर्ने गरी ऋण सम्झौता भएको हो ।
स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्प्याक्ट फण्डको पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताएका छन् । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत २२ मे.वा. क्षमताको सेतीखोला जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई सकेको छ । पीपीए अनुसार आयोजनाले २०८६ साल वैशाख २२ व्यपारिक उत्पादन सुरु गर्नुपर्ने छ ।आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताएका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको २२०/१३२ केभी मार्किचोक सब–स्टेशनमा जोडिने छ ।
थर्ड पोल 