कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु 

कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु 


काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । आज बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा  बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।