सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी 

सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी 


काठमाडौं। बुधबार बिहान काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ। क्यान्टिनमा ग्यास लिक भएर आगो लागेको प्रहरीले जानकारी दिएको छ । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए। आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएको डिएसपी थापाले बताए।