पोखरा आसपास भूकम्पको धक्का महसुस
काठमाडौं । आज दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो।
भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
थर्ड पोल 