विद्युत प्राधिकरणको लापर्वाहीः ११ केभीमा काम गर्दै गरेका मदजुरको करेन्ट लागेर मृत्यु

विद्युत प्राधिकरणको लापर्वाहीः ११ केभीमा काम गर्दै गरेका मदजुरको करेन्ट लागेर मृत्यु


काठमाडौं । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । विद्युत प्राधिकरणको लापर्वाहीले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ बर्षीय उपेस परियारको करेन्ट लागेर निधन भएको हो । 

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उनको मृत्यु भएको हो । 

यो घटना शनिबार दिनको साढे ११ बजे भएको हो। करेन्ट लागेर मृत्यु भएपछि परियार पोलमै झुण्डिएका थिए। प्रहरीले परियारलाई निकाली पोष्ट मार्टमका लागि धुलिखेल अस्पताल लगेको छ।

परियारले काम गर्दै गरेको लाइन नयाँ लाइन हो। जुन लाइन आज शनिबार चार्ज ९विद्युत छाड्ने० गर्ने तयारी थियो। तर तार जडानको काम नसकिँदै काम भइरहेको समयमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले लाइन छाड्दा परियारको मृत्यु भएको हो।

स्थानीयले विद्युत प्राधिकरणको लापर्वाहील गर्दा उनको मृत्यु भएको बताएका छन्। लाइन चार्ज गर्ने भनेको पूर्ण रुपमा काम सकिएपछि मात्र गर्नुपर्ने हुन्छ। तर काम भइरहेको समयमा लाइन चार्ज हुँदा परियारले ज्यान गुमाएका छन्। प्रहरीले यस घटनाका लागि अनुसन्धान गर्न प्रहरी खटाएको छ।