साधारण सेयर आईपीओ निष्कासन गर्दै ट्रेड टावर कम्पनी
काठमाडौं । ट्रेड टावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको जनाएको छ ।
कम्पनीले १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा जेठ १४ देखि १९ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २८ गतेसम्म आवेदन दिन सकिने छ ।
थर्ड पोल 