आज पदभार ग्रहण गर्दै नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेल

आज पदभार ग्रहण गर्दै नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेल
काठमाडौं। नवनियुक्त गभर्नर प्राध्यापक डा.विश्वनाथ पौडेलले आज पदभार ग्रहण गर्दै छन्  । उनलाई आज सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले सपथ गराउनेछन् । सपथलगत्तै पौडेल दिउँसो पदभार ग्रहण गर्न केन्द्रीय बैंकको बालुवाटार कार्यालय प्रस्थान गर्ने छन् । 
 
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा.पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।