भारतले आतंककारीको सुचिमा राखेको संस्थामा नेपाली संलग्न

भारतले आतंककारीको सुचिमा राखेको संस्थामा नेपाली संलग्न

काठमाडौं । एक गोप्य अपरेसन अन्तर्गत, भारतीय सुरक्षासंस्थाहरूले पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) द्वारा सञ्चालित जासुसी सञ्जाल भण्डाफोर गरेका छन्, जसको केन्द्रमा एक नेपाली नागरिक, अन्सारुल मियाँ अन्सारी, रहेको खुलासा भएको छ।

कतारमा ट्याक्सी चलाउने क्रममा आईएसआई एजेन्टको सम्पर्कमा परेका अन्सारीलाई पाकिस्तान लगेर गोप्य जासुसी तालिम दिइएको थियो। तालिम पश्चात् उनी नेपालमार्फत भारत प्रवेश गरेका थिए। भारत पुगेपछि उनलाई भारतीय सेनासम्बन्धी संवेदनशील कागजातहरू संकलन गरी त्यसलाई सीडीमा राखेर पाकिस्तान पठाउने जिम्मा दिइएको थियो।

जनवरी २०२५ मा प्राप्त सूचनाले आईएस.आईको योजना सार्वजनिक भएपछि भारतीय सुरक्षा एजेन्सीहरूले निगरानी तीव्र पारेका थिए। फेब्रुअरी १५ मा दिल्लीको केन्द्रीय क्षेत्रमा अन्सारीलाई पक्राउ गरिएको थियो, जब उनी नेपालको बाटो हुँदै पाकिस्तान फर्कन खोज्दै थिए। उनको साथबाट गोप्य कागजातहरू फेला परे।

अन्सारीको बयानका आधारमा अर्को व्यक्तिलाई राँचीबाट पक्राउ गरिएको छ। दुबै जनालाई हाल तिहाड जेलमा राखिएको छ। दिल्ली प्रहरीले मे २०२५ मा औपचारिक अभियोगपत्र दर्ता गरेको छ, र अनुसन्धान अझै जारी छ।

यो घटनाले देखाएको छ कि नेपाली नागरिकलाई प्रयोग गरी विदेशी गुप्तचर सञ्जालले भारतभित्र गम्भीर सुरक्षा चुनौती सिर्जना गर्न खोजेको छ, जसले नेपाल र भारत दुवैका लागि गम्भीर चिन्ता पैदा गरेको छ।