संकटमा मुलुक : बिकल्प होईन्, आवश्यकता हुन् सर्वेन्द्र खनाल

संकटमा मुलुक : बिकल्प होईन्, आवश्यकता हुन् सर्वेन्द्र खनाल

नेपाल आज गम्भीर संकटको घडीमा छ। एकातर्फ दिनप्रतिदिन बढ्दो महँगी र आकाशिएको बेरोजगारीले आम जनताको जीवन असहज बनाएको छ, अर्कोतर्फ संघीयताको असफल कार्यान्वयन, संविधानप्रति बढ्दो अविश्वास र राजनीतिक नेतृत्वप्रति गहिरिंदो असन्तोष देशको स्थायित्वका लागि खतराको संकेत बनेको छ।

दशवर्षे द्वन्द्वपछिको शान्ति प्रक्रियाले राजनीतिक परिवर्तन त ल्यायो, तर समुन्नत मुलुक, चुस्त–पारदर्शी शासन व्यवस्था, जवाफदेहिता र सेवाप्रदायक राज्यको परिकल्पना भने अधुरै रह्यो।
सरकारका हरेक तहमा देखिएको अकर्मण्यता, भ्रष्टाचार, सत्ताको सौदाबाजी, र निरन्तर दोहोरिने अनुहारहरूप्रतिको वितृष्णा यतिखेर चरम अवस्थामा पुगेको छ।

अब जनताले भोगेका पीडाको जवाफ “वाचाल नेता” होइन, प्रमाणित नेतृत्वबाट खोज्दै छन्।
र, यही संकटको सन्दर्भमा सर्वेन्द्र खनालको नाम एक स्पष्ट, कार्यकुशल र वैकल्पिक नेतृत्वको रूपमा उभिन्छ।

जब राष्ट्रलाई खाँचो पर्यो, खनाल पुगेः कार्यकुशल प्रहरी प्रमुखको इतिहास
सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजिपी) हुन। तर उनी केवल प्रशासनिक अधिकारी मात्र होइनन्—समस्यासँग भिड्ने, फिल्डमा उत्रिन डर नमान्ने, र परिणाम दिन सक्ने नेतृत्वकर्ता हुन्।

उनले प्रहरी सेवामा रहँदै जुन साहसिक निर्णय, निडर कार्यशैली र निष्पक्षता देखाए, त्यो आजको राजनीतिमा खलबल मच्चाउन सक्ने शक्तिशाली पूँजी हो।

तराईका सशस्त्र भूमिगत समूहमाथिको निर्णायक कारबाही
खनाल नेतृत्वमा प्रहरीले तराईमा सक्रिय सशस्त्र भूमिगत गिरोहहरू विरुद्ध सफल अपरेशनहरू सञ्चालन गर्यो।
धनुषा, बारा, पर्सा। सिरहा, सप्तरी, रौतहट, सर्लाहीजस्ता जिल्लाहरूमा व्यापक रूपमा नियन्त्रण मिलाएर भयको वातावरण अन्त्य गरिएको थियो।

गुण्डाराजविरुद्धको लडाइँ
राजधानीदेखि तराईसम्म सक्रिय गुण्डाहरूलाई राजनीतिक संरक्षण हुँदाहुँदै पनि कानुनको दायरामा ल्याउने कार्य खनालकै नेतृत्वमा भयो।
‘‘आफ्नो’’ र ‘‘अरूको’’ भेद नगरी अपराधीलाई अपराधीको रूपमा हेर्ने शैली उनको विशिष्टता थियो।

ललिता निवास काण्डमा उच्चस्तरीय अनुसन्धान
खनालको कार्यकालमै नेपालको इतिहासकै सबैभन्दा चर्चित ललिता निवास जग्गा घोटालामा अनुसन्धान सुरु गरियो।
उनी डा. बाबुराम भट्टराई, माधव नेपाल लगायत पूर्व प्रधानमन्त्रीहरूलाई अनुसन्धानको दायरामा ल्याउने पहिलो प्रहरी प्रमुख बने।
यसले स्पष्ट देखाउँछ—खनाल सत्ता होइन, सत्यसँग खडा हुन्छन।

राष्ट्र सेवाः कार्यालयभन्दा धेरै भन्दा फिल्डमा
नेपालका धेरै प्रहरी प्रमुखहरू कुर्सीमा सीमित भए, तर खनाल भने जहाँ संकट, त्यहाँ उपस्थित रहने खालका थिए। चाहे बाढी प्रभावित क्षेत्र होस् वा विद्रोही गतिविधि—खनाल सधैं ग्राउन्डमा पुगेर कमाण्ड गर्थे। 
उनको प्रहरी सेवाको चरित्र छोटकरीमा तीन शब्दमा बर्णन गर्न सकिन्छ— ईमानदारी, निष्ठा र परिणाम ।

काठमाडौं–६ बाट प्रतिनिधिसभा चुनाव: झिनो मतले पराजय
२०७९ को निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं ६ मा उम्मेदवार बनेका खनाल  झिनो मतान्तरले पराजित भए। तर, त्यो हारभन्दा ठूलो कुरा थियो—त्यहाँको जनताले उनलाई दिएको साथ।

उनको एजेन्डा स्पष्ट थियो। भ्रष्टाचारमुक्त शासन, प्रशासनिक जवाफदेहिता, सार्वजनिक सेवा सुधार, रोजगारीको सृजना, यूवाहरुको वृत्तिविकाश, आत्मनिर्भर अर्थतन्त्र, स्थानीयस्तरको आर्थिक सशक्तिकरण, दीगो विकास र सुरक्षाजस्ता महत्वपुर्ण मुद्दा बोकेर उनी जनताको माझमा गएका थिए।
खनालको भाषण कम र काम धेरै भन्ने शैलीले धेरै मतदाताको मन जितेको थियो।

मुलुकको संकट समाधान गर्ने संयमी नेतृत्वको आवश्यकता
नेपालमा अहिले देखिएको अस्थिरता, सत्ता गठबन्धनको खेल, प्रशासनिक उदासीनता र वैदेशिक हस्तक्षेपका सन्दर्भमा सर्वेन्द्र खनालजस्ता वैकल्पिक नेताको खाँचो देखिन्छ।

किन सर्वेन्द्र ?
१. उनी प्रशासनिक प्रणाली र कार्यान्वयन विधिलाई राम्ररी बुझ्दछन्।
२. विगतमा जनहितका निर्णयहरू कार्यान्वयन गरिसकेका छन्।
३. राजनीतिमा उनलाई ‘‘बिक्न र झुक्न नसक्ने’’ अनुहार मानिन्छ।
४. निर्णय गर्न सक्ने क्षमता राख्छन, भावनामा होइन तथ्यमै अडिने बानी छ।
५. अन्र्तराष्ट्रिय स्तरमा समेत बलियो पहिचान स्थापित गरि आफुँलाई प्रमाणित गरिसकेका छन् ।  

अहिलेका ‘अक्षम नेताहरू’ भन्दा खनाल जस्ता रणनीतिक चिन्तक र राष्ट्र केन्द्रित नेताको खाँचो अधिक गहिरिएको छ।

राष्ट्रको मागः गम्भीर र संयमी नेतृत्व
नेपाल अहिले जहाँ छ, त्यहाँबाट अगाडि बढ्न यस्ता नेताको आवश्यकता छ, जसले प्रशासन बुझ्दछ, कानुनको मर्यादा जान्दछ, र राष्ट्रहितमा बोल्न डराउँदैन।

सर्वेन्द्र खनाल जस्तो व्यक्तित्व जो नीतिमा स्पष्ट, राष्ट्रप्रति प्रतिबद्ध, राजनीतिक दबाबमा नझुक्ने, परिणाममुखी सोच भएका छन्, राजनीतिमा यस्तो अनुहारको प्रवेशले भागबण्डा राजनीतिलाई जोडदार झड्का दिन सक्छ। जब नेताहरू दलिय र व्यक्तिगत स्वार्थपुर्तका लागि कुन गठबन्धनमा जाने सोच्दै हुन्छन, तब खनालजस्ता नेताहरू कुन समस्या कसरी समाधान गर्ने भनेर विचार गर्छन।

निष्कर्षः विकल्प अब उपहास होइन, आवश्यकता हो
सर्वेन्द्र खनाल अबको राजनीतिमा केवल एक प्रतिस्पर्धी होइनन् – उनी एक सम्भावनायुक्त सुधारवादी नेता पनि हुन्।
अहिलेसम्म देखिएको इतिहास, उनको सेवाभाव, र इमानदार छविका कारण राजनीतिमा नयाँ संस्कार ल्याउन सक्ने सामथ्र्य उनमा छ। 
सर्वेन्द्र खनाल राजनीतिमा वैकल्पिक नेतृत्वको संभावनामात्र होइनन्—वास्तविक कार्यान्वयनको पात्र हुन्। जब देश टोलाइरहेको छ, तब खनालजस्ता नेताले ‘‘हाम्रो राजनीति अझै सम्भव छ’’ भन्ने आशा जगाउँछन्।

सर्वेन्द्र खनालजस्ता व्यक्तित्व आजको नेपालका लागि केवल विकल्प होइन, अवश्यकता हुन्।
उनी इतिहासमा प्रमाणित, संकटमा जनतासँग, र निर्णयमा स्पष्ट छन्।
जनताले अब ‘कसले कति बोले?’ भन्दा पनि ‘कसले के र्गयो?’’ भन्ने प्रश्न गर्न थाल्नु पर्छ।

र जब त्यो प्रश्न गरिन्छ, उत्तरको एक सम्भावनाशील नाम हुन्छ— सर्वेन्द्र खनाल ।