१० वर्षसम्मका बालबालिकालाई लक्षित ‘जिरो टु टेन स्टोर’ सञ्चालनमा

१० वर्षसम्मका बालबालिकालाई लक्षित ‘जिरो टु टेन स्टोर’ सञ्चालनमा


काठमाडौं ।  बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित काठमाडौंको बानेश्वरमा ‘‘जिरो टु टेन’’  स्टोर सञ्चालनमा आएको छ। १० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको स्टोरको उद्घाटन एक औपचारिक कार्यक्रमका बीच आज गरिएको हो।

स्टोरका सञ्चालक विष्णु पोख्रेलका अनुसार ‘जिरो टु टेन स्टोर’ मा लुगाफाटा, खेलौना, शैक्षिक सामग्री, स्वास्थ्य उपकरण, खानपानका सामग्रीलगायत बालबालिकाका दैनिक आवश्यकताका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छन्।

‘‘सामग्रीको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन,’’ पोख्रेलले भने, ‘‘सामान बिक्रीसँगै बालबालिकाको समग्र विकास र स्याहार–सुसारमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य पनि लिएको छौं।’’

स्टोरलाई बालमैत्री वातावरणमा सञ्चालनमा ल्याइएको बताउँदै सञ्चालक पोख्रेलले अभिभावकका लागि सहज किनमेल वातावरण तयार गरिएको जानकारी दिए।

स्टोरमार्फत चाँडै नै बालबालिकाको हेरचाह, पोषण, शिक्षा र मानसिक स्वास्थ्यबारे अभिभावकमैत्री कार्यक्रमहरू सञ्चालन गरिने पनि पोख्रेलले बताए।

निकट भविष्यमा देशका प्रमुख सहरहरूमा स्टोरको शाखा विस्तार गर्ने योजना रहेको सञ्चालक पोख्रेलले बताए।

शहरी क्षेत्रमा व्यस्त जीवनशैलीका बीच एउटै छानामुनि बालबालिकासम्बन्धी सम्पूर्ण सेवा र सामग्री उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो स्टोरले अभिभावकहरूलाई नयाँ विकल्प दिने विश्वास लिइएको छ।