आज प्रदेश सरकारहरूले बजेट प्रस्तुत गर्ने

आज प्रदेश सरकारहरूले बजेट प्रस्तुत गर्ने

आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारहरूले बजेट प्रस्तुत गर्दैछन्। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हुन्।

संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने र प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउने संविधानमै व्यवस्था छ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे प्रदेश सभा समक्ष बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

मधेस प्रदेशमा अर्थमन्त्री सुनीलकुमार यादवले अपराह्न ४ बजे प्रदेश सभा समक्ष बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

संघीय राजधानी रहेको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले दिउँसो ३ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्दैछन्।

त्यस्तै, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरूङले त्यहाँको प्रदेश सभामा बजेट प्रस्तुत गर्दैछन्। लुम्बिनीमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दैछन्।