आजदेखि सुरु हुँदै नेपाल बार एसोसिएसनको चुनावको मतगणना 

 आजदेखि सुरु हुँदै नेपाल बार एसोसिएसनको चुनावको मतगणना 


कामठाडौं । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज देखि हुँदै छ । शनिबार बारको नयाँ कार्यसमितिका लागि मतदान भएको थियो। बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो। काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो। 

कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो। बारको नयाँ नेतृत्वका लागि अध्यक्ष पदको उम्मेदवारमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ रहेका छन् ।