आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी, ११ महिनामा ४० प्रतिशत पुँजीगत खर्च

आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी, ११ महिनामा ४० प्रतिशत पुँजीगत खर्च

चालु आर्थिक वर्षमा पुँजीगत खर्च कार्यन्वयन स्थिती झन सुस्त देखिएको छ।

११ महिनाको अवधिमा ४० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ।

सरकारले चालु वर्षको लागि ३ खर्ब ५२ अर्ब रूपैयाँको पुँजीगत खर्च छुट्याएको छ।

तर २०८१ साउन महिनादेखि २०८२ जेठ मसान्तसम्म एक खर्ब ४३ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ।

गत आर्थिक वर्षको यसै समयमा ४२ प्रतिशत पुँजीगत खर्च भएको थियो। यो वर्ष गत आर्थिक वर्षको नै करिब २८ अर्ब रूपैयाँ बक्यौता भुक्तानी गरिएर पनि पुँजीगत खर्च न्युन देखिएको छ।

११ महिनाको अवधिमा प्रशासनिक, प्रदेश तथा स्थानीय तहलाई दिने अनुदान र सरकारको ऋणको ब्याज भुक्तानी (चालु खर्च) करिब ७५ प्रतिशत भएको छ। ११ खर्ब ४० अर्बको चालु खर्चमा ८ अर्ब ५१ अर्ब रूपैयाँ खर्च भएको छ।

सार्वजनिक ऋणको सावा भुक्तानी तथा सार्वजनिक संस्थानको ऋण लगानीको लागि गरिने (वित्तीय व्यवस्थापन) खर्च ७८ प्रतिशत भएको छ।

यस्तो शीर्षकमा ३ खर्ब ६७ अर्ब रूपैयाँको बजेट राखिएकोमा हालसम्म २ खर्ब ८७ अर्ब रूपैयाँ खर्च भएको छ।