इजरायलले दियो आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन
काठमाडौँ। इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएपछि इजरायली रक्षा बल (आइडिएफ) ले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न कडा निर्देशन दिएको छ। अर्को औपचारिक सूचना नआएसम्म कुनै पनि व्यक्तिलाई सुरक्षित स्थान नछोड्न भनिएको बीबीसीले जनाएको छ।
रक्षा बलले जारी गरेको वक्तव्यमा भनिएको छ, “केही समयअघि इरानबाट इजरायलको भूभागतर्फ मिसाइल प्रक्षेपण गरिएको पुष्टि भएको छ। रक्षा प्रणालीहरू ती मिसाइलहरू अवरुद्ध गर्न सक्रिय रूपमा काम गरिरहेका छन्।”
यसबिच देशभर उच्च सतर्कता अपनाइएको छ र हवाई हमलाको सायरनसमेत बजाइएको छ।
थर्ड पोल 