एसबिआई बैंकद्वारा मुसहर समुदायका लागि शैक्षिक सामग्री प्रदान

एसबिआई बैंकद्वारा मुसहर समुदायका लागि शैक्षिक सामग्री प्रदान


काठमाडौं ।  नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकका मधेश प्रदेश प्रमुख उदय पञ्जियार थारुले समुदायका ५० परिवार र बालबालिकालाई एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारसहित बैंक र नगरपालिकाका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विपन्न तथा पिछडिएका वर्गका समुदायहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल देशभर बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।