ओचु हाइटमा एक युवकको हत्या
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ ।बुधबार राति रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरी हत्या भएको ललितपुर प्रहरीले जनाएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।
रामेछाप नै घर भएका २५ वर्षीय सुमन रसाइलीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या आरोपी रसाइलीलाई पक्रेर अनुसन्धान अघि बढाइएको छ ।
थर्ड पोल 