जाजरकोट कारागारमा बलात्कार आरोपमा थुनामा रहेका युवक मृत फेला

जाजरकोट कारागारमा बलात्कार आरोपमा थुनामा रहेका युवक मृत फेला

काठमाडौं- जाजरकोटको कारागारमा एक थुनुवा मृत फेला परेका छन्।
आइतबार दिउँसो १ बजे, भेरी नगरपालिका–१० निवासी २८ वर्षीय दीपक बुढा मगर कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन्।

कारागारका नाइके बिमल सिंहले घटनास्थल देखेपछि तत्कालै प्रहरी सहायक निरीक्षक रतन नेपालीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतक मगर बलात्कार अभियोगमा गत चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।