टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ । 

विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो। उनीविरूद्ध गृह मन्त्रालयले अनुसन्धान गर्न पत्र लेखेको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर प्रहरीले जाहेरीकर्ताको परिचय गोप्य राखिने बताएको थियो।