त्रिशूली नदीमा हामफालेर महिला बेपत्ता

त्रिशूली नदीमा हामफालेर महिला बेपत्ता

 धादिङको गल्छी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छन् । 

बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ । 

उनी बेपत्ता भएको खबरसँगै सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्र कुमार मण्डलको कमाण्डामा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरीको भनाइ छ ।