धरानमा धारिलो हतियारधारी समूहले युवकमाथि आक्रमण गरेको भिडिओ भाइरल, के भन्छ प्रहरी?

धरानमा धारिलो हतियारधारी समूहले युवकमाथि आक्रमण गरेको भिडिओ भाइरल, के भन्छ प्रहरी?

एक युवकमाथि तीन जनाको समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

धारिलो हतियारसहित मोटरसाइकलमा आएका तीन जना युवाले एक जनालाई लखेटी लखेटी आक्रमण गरेको भिडिओ शुक्रबारदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

भिडिओमा एक जना युवक भागिरहेको अवस्थामा उनको पछाडि तीन जना चढेको मोटरसाइकल देखिन्छ। मोटरसाइकलको पछाडि सवार युवकले हातमा धारिलो हतियार नचाउँदै गरेको देखिन्छ। 

केही बेरमा भागिरहेका ती युवक  केही बेरमा सोही बाटो हुँदै फर्किएको देखिन्छ।

फर्किँदा उनले लगाएको सेतो टिसर्टको पछाडिपट्टिको भागमा रातो धब्बा देखिएको छ। उनको मुखबाट पनि रगत बगिरहेको भिडिओमा देखिन्छ। 

बाटोमा हिँडिरहेका एक जना पुरूषले युवकलाई जोगाउन खोजिएको देखिन्छ।

तर समूहमा आएकाहरूले केही अगाडि मोटरसाइकल रोक्छन् र एक जनाले भागिरहेका ती युवकमाथि हेल्मेट प्रहार गर्छन्। युवक फेरि भाग्छन् आक्रमण गर्ने व्यक्ति उनको पछि लाग्छ।

केही पर पुगेपछि ती व्यक्ति फर्कन्छन् । मोटरसाइकलमा उनका दुई जना साथीहरु हतियार लिएर पर्खिरहेका हुन्छन्।  फर्किएपछि तीनै जना मोटरसाइकलमा चढेर त्यहाँबाट फरार हुन्छन्।