पोखराबाट अपहरणमा परेकी अमेरिकी महिलाको मकवानपुरबाट उद्धार
काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन्।पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन्।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।
७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन्। पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप छ। पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ।
थर्ड पोल 