प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको विरोध कायमै

प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुँदे सहमति भए पछि संसद सुरू भएको हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाइरहेका छन् ।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाइरहेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।