प्रधानमन्त्रीले गिरिबन्धुको छानबिन मैबाट सुरू गरौं भनेर देखाऊन् : अध्यक्ष प्रचण्ड

प्रधानमन्त्रीले गिरिबन्धुको छानबिन मैबाट सुरू गरौं भनेर देखाऊन् : अध्यक्ष प्रचण्ड

शनिबार बिहान नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन्।

मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरून्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ। मैबाट सुरू गरियोस् पनि भनेको थिएँ। छानबिन गर्न आँट हुने स्थिति भएन किनकी मेरो कुनै संलग्नता थिएन। केही पनि छैन। केही नभएकै हुनाले मैबाट सुरू गरियोस् भनेको हुँ,ु उनले भने।

उनले त्यस्तै प्रकरणमा मुछिएका अरू नेताहरूले आफैबाट छानबिन सुरू गरियोस् भन्न नसक्ने बताए। अरूले पनि भनेर देखाऊन्। गिरिबन्धु मैबाट छानबिन गरौं भनेर प्रधानमन्त्रीजीले भनुन् त। अरू जग्गाको केसमा अरूले भनुन् त, उनले भने।