बल्खुमा सुरू भयो राप्रपाको बृहत खबरदारी सभा

बल्खुमा सुरू भयो राप्रपाको बृहत खबरदारी सभा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बृहत खबरदारी सभा सुरू भएको छ। राजसंस्था र हिन्दुराष्ट्रको मागसहित राप्रपाले बृहत खबरदारी सभा गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत दलहरूले सभालाई सम्बोधन गर्ने जनाइएको छ। विभिन्न स्थानबाट सुरू भएको  र्‍याली तथा जुलुश बल्खुमा जम्मा हुने क्रममा जारी छ। 

राप्रपाको प्रदर्शनमा राजसंस्था पुनरस्थापनाका लागि  गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ। उसले राष्ट्रिय झण्डासहित राप्रपाको कार्यक्रममा सहभागी भएको छ। 

राप्रपाले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ। हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासमा क्षेत्रमा खटिएका छन्। विरोध कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुन नदिन प्रहरीले सवारी डाइभर्सनको प्रबन्ध मिलाएको छ।