भेरी नदीमा बगेका ३ जनाकै शव भेटियो, आत्महत्या गर्छु भन्दै गोक्यो ताल पुगेका चिनियाँ नागरिकको उद्धार

भेरी नदीमा बगेका ३ जनाकै शव भेटियो, आत्महत्या गर्छु भन्दै गोक्यो ताल पुगेका चिनियाँ नागरिकको उद्धार

काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए ।

बेपत्ता तीनै जना बालबालिकाको शव फेला परेको छ । बगेर बेपत्तामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७, चापाखोला नजिक फेला परेको छ ।

उनको शव बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर फेला परेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।ले नाम प्रस्ताव गरेपछि असन्तुष्ट विद्यार्थीहरूले नाराबाजीसमेत गरेका छन्। उनीहरूले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने बताएका छन्। 

त्यस्तै  ‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको नेपाल प्रहरीले उद्दार गरेको छ । नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट गएको टोलीले ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो । छेई हुवाङ नाम गरेका ३६ वर्षीय चिनियाँ पर्यटकको प्रहरीले मंगलबार बिहान उद्धार गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई खबर गर्दै हुवाङलाई उद्धार गर्न भनेको थियो । दूतावाससँगै पेम्बा शेर्पा नाम गरेका व्यक्तिले पनि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

हुवाङले ११ जुनका दिन आफ्नो ३६ औं जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । त्यसपछि चीनमा रहेका परिवारले उनको अवस्थाबारे जानकारी पाएका थिए । परिवारले नै काठमाडौंस्थित चिनियाँ दूतावासमा खबर गरेर उद्धार गरिदिन भनेका थिए ।


त्यसपछि दूतावासले पर्यटक प्रहरीलाई खबर गरेको थियो । प्रहरी स्रोतका अनुसार उद्धारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टरको व्यवस्था गरिदिएको थियो ।

प्रहरी घटनास्थल पुग्दा उनलाई गोक्योको ‘टंक इन होटल’का सञ्चालकले सम्झाउँदै राखेका थिए । तर उद्धार गर्न गएको प्रहरीले भन्दा पनि उनी आउन मानेनन् ।

गोक्यो तालमा भोलि जन्मदिनको अवसरमा आत्महत्या गर्ने आफ्नो योजना रहेको उनले प्रहरीलाई बताएका थिए । प्रहरी स्रोतका अनुसार करिब आधा घण्टासम्म सम्झाएपछि बल्ल हुवाङ काठमाडौं आउन तयार भएका थिए । हेलिकप्टरमार्फत अहिले उनलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ ।