राजावादीको बैठकमा कार्यकर्ताहरुको होहल्ला, आन्दोलन घोषणा नगरी बैठक स्थगित

राजावादीको बैठकमा कार्यकर्ताहरुको होहल्ला, आन्दोलन घोषणा नगरी बैठक स्थगित

काठमाडौं ।  राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा कार्यकर्ताहरुले होहल्ला गरेपछि आन्दोलनका कार्यक्रम तय नगरी बैठक स्थगित गरिएको छ ।

बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा कार्यकर्ताहरुबाट होहल्ला सुरु भएको थियो । उनीहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन खोई भन्दै हल्ला सुरु गरेका थिए । त्यतिबेला लिङ्देन संसद बैठकमा थिए ।

कमल थापा बोल्न खोज्दा होहल्ला भएपछि जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले माइक हातमा लिएर बैठक स्थगित भएको घोषणा गरे । उनले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताए ।