शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ७ अर्ब १२ करोड
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ०९ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
थर्ड पोल 