सिटिजन्स बैंकको नाफा ९६ करोड १८ लाख, अन्य वित्तीय सूचक कस्तो छ ?
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा घटेपनि अन्य सूचक भने सकारात्मक देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.५९ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज अम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २८ प्रतिशतले घट्दा नाफा समेत असर परेको हो ।
यसअवधिमा बैंकको संञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३३ करोडमा पुगेको छ । सिटिजन्स बैंक लिमिटेडको कुल सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख छ भने जगेडा कोष सञ्चिति ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी बैंकको खराब कर्जा भने ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।
थर्ड पोल 