सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । यसअघि आइतबार र सोमबार पनि सुन तोलामा क्रमशः ६ सय र ४ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदी पनि प्रतितोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



थर्ड पोल 